तस्बिर- भरत तुलाचन सउल कोरिया
Monday, May 17, 2010
Monday, January 4, 2010
थसेस कोरेयाले नेपाल अपांग संघलाई तीस लाख ओन हस्तान्तरण




थकाली सेवा समिति दक्षिण कोरियाले नेपाली अपाङग संघ दक्षिण कोरियालाई तीस लाख ओन सहयोग स्वरुप हस्तान्तरण गरेको छ । गत छुसकमा कोरियामा रहेका अपाङग प्रवासी नेपालीहरुको सहयोगार्थ आयोजना गरेको थासाङ सांस्कृतिक सौगातबाट मुनाफा रकम मध्यको तीस लाख ओन नेपाल अपाङग संघलाई हस्तान्तरण गरेको हो । हिजो आईतबार एन आर एन कोरियाले आयोजना गरेको नेपाल हाउस कल्चर सो मा समय मिलाई हस्तान्तरण गरिएको हो । कोरिया स्थित नेपाली दुतावासका महामहिम श्री कमल प्रसाद कोईराला ज्युको रोहबरमा थसेस अध्यक्ष श्री भक्त सेरचनले नेपाल अपाङग संघका कोषाध्यक्ष बिक्रम गुरुङ र सचिब लिला बिकलाई हस्तान्तरण गर्नु भएको थियो ।
Monday, December 21, 2009
थसेस कोरियाले २ जना बन्धूहरुको बिदाई
थकाली सेवा समिति दक्षिण कोरियाले कोषाध्यक्ष अनिल गौचन र साधारण सदस्य बिपिन सेरचन करिव ६ बर्ष कोरिया बसाई पश्चात स्वदेश फर्कन लागेकोले उहांहरुको बिशेस सम्मानका साथ बिदाई गरेको छ । थसेस दक्षिण कोरियाले हिजो आईतबार आयोजना गरेको बिशेस भेलाबाटै उहांहरुको बिदाई गरिएको हो । समयाभावको कारण बिदाईकै लागि औपचारिक रुपमा बिदाई कार्यक्रमको आयोजना गर्न नसकिएता पनि अनौपचारिक रुपमै उहांहरुलाई सम्मान गरिएको थियो । उहां दुबै जनालाई थसेस अध्यक्ष भक्त सेरचनले समाजको तर्फबाट प्रमाण पत्र र उपहार प्रदान गर्नु भएको थियो । अध्यक्ष लगायत बिशेस भेलामा उपस्थित सम्पूर्ण थकाली बन्धूहरुले उहांहरुको सफल यात्रा र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
त्यस्तै हिजोको भेलाले गत छुसक पर्वमा आयोजना गरेको थासाङ सांस्कृतिक कार्यक्रमको आम्दानी खर्च सम्बन्धि हिसाबको पहिलो चरण समाप्त गरेको छ । समयाभावका कारण सम्पूर्ण बिबरणको नतिजाले पुर्णता नपाए पनि आगामी केहि हप्ता भित्रै सम्पूर्ण बिबरण सार्बजनिक गर्ने निर्णय गरेको छ । भेलाले नेपाल अपांग संघलाई हस्तान्तरण गरिने आर्थिक सहयोगको बारेमा समेत छलफल गरेको थियो ।


त्यस्तै हिजोको भेलाले गत छुसक पर्वमा आयोजना गरेको थासाङ सांस्कृतिक कार्यक्रमको आम्दानी खर्च सम्बन्धि हिसाबको पहिलो चरण समाप्त गरेको छ । समयाभावका कारण सम्पूर्ण बिबरणको नतिजाले पुर्णता नपाए पनि आगामी केहि हप्ता भित्रै सम्पूर्ण बिबरण सार्बजनिक गर्ने निर्णय गरेको छ । भेलाले नेपाल अपांग संघलाई हस्तान्तरण गरिने आर्थिक सहयोगको बारेमा समेत छलफल गरेको थियो ।


Wednesday, December 9, 2009
Monday, November 2, 2009
कोरियामा धरपकडले सिमा नाघ्दै गर्दा तोङदेमुन शहरमा हिंजो आईतबारको स्थिति
btulachan,Seoul Korea
आज आईतबार बिहान काम विशेषले म मेरो कोठा देखि ट्याक्सीबाट १० मिनेटमा पुगिने तोङदेमुन शहरको डांडा गांऊ नाकसान भिल्लेजमा बस्ने साठीहरू लगायत आफन्तहरुले डिनरको लागि बोलाउनु भएको थियो । बिगतमा तोङदेमुनको तीन नम्बर गेट सम्म पांच मिनेट बसको यात्रा पछि करिव १५ मिनेटको ठाडो उकालो हिंदाई पछि सजिलै पु्ग्न सकिने नाकसान डांडा सम्म ट्याक्सीमा जाने निधो गर्दै करिव १ बजे गन्तब्य स्थल पुगें । कोरियामा आई पुगेका नयां पुराना बिदेशीहरुको लागि केन्द्र बिन्दु मानिने राजधानी सउलको तोङदेमुन शहरको बाटो भएरै जानु पर्ने नाकसान डांडा सम्म पुग्दा बाटोमा खासै बिदेशीहरुको चहलपहल देखिएन , नत अध्यागमनको गाडी नै ।
गत महिनाको ५ तारिख देखि दैनिक जसो अध्यागमणको तलासीले बिदेशीहरुको चहलपहल घटेको सहजै अनुमान लगाउन सकिन्थ्यो । बिगतमा धरपकडलाई जतिसुकै तिब्र पारिएता पनि बिदाको दिनहरुमा प्राय: धरपकड नगर्ने गरेको मा यस बर्ष भने बिदाको दिनहरुमा समेत स्यालले कुखुरा कुरे झैं रातको १२ बजे सम्म पनि बाटो घाटोमा कुरि रहन्छ भन्छन मानव रुपी स्यालका जत्थाहरुको पन्जामा धन्नै नपरेका हाम्रा साथीभाईहरु । तोङदेमुन शहरमा रहेका गार्मेन्टस कम्पनीहरु ,नेपालीहरुको दर्जनौ पसल र रेष्टुरेण्ट ब्यबसायलाई आधार बनाएरै कोरियाली अध्यागमणले तोङदेमुन शहरलाई धरपकडको केन्द्र बिन्दु बनाउंदै आएको भएता पनि यसपालिको तिब्रताले प्राय: सबैलाई निराशै तुल्याएको छ ।
हिंजो म नाकसान डांडामा पुगेको केहि छिनमै ट्वार ट्वार फोन आयो अन्य साथीहरुको फोनमा । तोङदेमुनको ३ नं गेटमा चेकिङ छ भनेर । त्यस्तै एक डेढ घण्टा पछि पुन: फोन आयो , गईसक्यो भनेर । दिनको ४ बजे तिर तोङदेमुनकै एक रेष्टुरेण्टमा दर्जनौं नेपालीहरुको जमघट भई रहेको बेला तल अध्यागमणको गाडी देखिएको खबर आएपछि भागाभाग भएर कोहिं साथीहरु हामी भएको तिरै आई पुग्नु भयो । आज सोमबार प्राप्त जानाकारी अनुसार तोङदेमुन यरियामै रहेको मंगोल टाउनबाट दिनको ३ बजे करिव बीस जना मंगोलियनहरुलाई झ्याप पारेर पुन: नेपाली टाउन तिर आएको हुन सक्ने आशंका गरिएको छ । तर नेपाली रहने एरियाबाट भने समातिएको खबर छैन । राती करिव नौ बजे तिर डांडाबाट ओह्रालो झर्दै गर्दा उकालो लाग्दै गरेका अपांग संघका एक जना भाईले चेकिङ सकेर फर्कि सकेको जानाकारी दिएपछि हामी पनि निर्धक्क कोठामा आईपुग्न सक्यौं । जेहोस अहिले कोरियाली सरकारले धरपकडलाई हाल सम्मकै तिब्रता दिएको छ । अबैध भनिएका हामी बिदेशीहरुको लागि दैनिक जीबन कष्टकर र अति नाजुक बनिरहेको छ । कुन बेला, कुन दिन मानव शिकारीहरुको जत्थाले पन्जामा पार्ने हो कुनै यकिन छैन । नेपाली पसल र रेष्टुरेण्टहरु शुनसान प्राय: बनिरहेका छन । यदि यसरी नै यहांको सरकारले अन्तर्राष्टिय नियमलाई उलंघन गर्दै मानव अधिकार बिरुद्दको एकतर्फी नियमलाई निरन्तरता दिंदै गयो भने कोरियामा अब उप्रान्त हामी जस्ता अबैध भनिएका बिदेशीहरुको खैंरात के पो बांकि रहला र ? ।
Wednesday, October 28, 2009
ब्यक्तिगत
थासाङ सांस्कृतिक सौगातका अतिथि महानुभावहरुबाट गरिएको सहयोग बिबरण यस प्रकार रहेको छ ।
| 1 | रबिन छन्त्याल (म्याग्दी गुरजा) | 300,000 |
| 2 | बिष्णु श्रेष्ठ (गुल्मी) | 101,000 |
| 3 | ओम काउचा | 51,000 |
| 4 | दल बहादुर घर्ती (बाग्लुङ) | 52,000 |
| 5 | भक्त तिलिजा (म्याग्दी) | 51,000 |
| 6 | भक्त घले | 51,000 |
| 7 | बम लावती (भुपु अध्यक्ष एनसिसी) | 40,000 |
| 8 | गंगा थापा (चितवन) | 40,000 |
| 9 | होबिर थापा (स्याङजा) | 51,000 |
| 10 | खड्ग पुन (बाग्लुङ) | 50,000 |
| 11 | बिरु रोका (भुपुअध्यक्ष म्याग्दी समाज) | 51,000 |
| 12 | टेक बहादुर पुन (भुपु अध्यक्ष म्या.स.) | 51,000 |
| 13 | राम खड्का ( खेलकूद अध्यक्ष म्या.स.) | 51,000 |
| 14 | संजिब चापागाई (एमटीयु) | 30,000 |
| 15 | झक थापा ( अध्यक्ष नेपाल मगर संघ) | 50,000 |
| 16 | गगन पुन ( उपाध्यक्ष एनसिसी) | 31,000 |
| 17 | शंकर राना (गुल्मी) | 51,000 |
| 18 | एस बी पाण्डे | 31,000 |
| 19 | मनोज कार्की ( भुपु अध्यक्ष एनसिसी) | 51,000 |
| 20 | सुरज गुरुङ कास्की (कोषाध्यक्ष तमुधिं) | 51,000 |
| 21 | हर्क लिम्बु (ताप्लेजुङ) | 51,000 |
| 22 | सुबाष हमाल(सुदुर पश्चिम) | 51,000 |
| 23 | श्याम गुरुङ (मुस्ताङ) | 41,000 |
| 24 | ध्यान राई (एनाआरएन) | 50,000 |
| 25 | नारायण गुरुङ (पोखरा) | 51,000 |
| 26 | नारायण बरुवाल( उपाध्यक्ष म्या.समाज) | 30,000 |
| 27 | बेल गुरुङ (कास्की) | 50,000 |
| 28 | उमेश बस्नेट (संचालक एस के नेपाल) | 50,000 |
| 29 | खेम कार्की | 20,000 |
Tuesday, October 27, 2009
रेष्टुरेण्ट / ब्यबसाय
| क्र. सं. | सहयोग दाता | संचालक | सहयोग |
| 1 | पूजा रेष्टुरेण्ट | दिनेश हिराचन | पोष्टर सौजन्य |
| 2 | दुर्गा रेष्टुरेण्ट | बिनोद कुंवर | टिकट सौजन्य |
| 3 | ताजमहल रेष्टुरेण्ट | मदन केसी | ब्यानर सौजन्य |
| 4 | नेपाल कोरिया न्युज | पुरु जोशी | ब्यानर सौजन्य |
| 5 | चौतारी नेपाल | ओम जुग्जाली | 101,000 |
| 6 | माउन्टेन टप रेष्टुरेण्ट | आनन्द गुरुङ | 51,000l |
| 7 | लुम्बिनी रेष्टुरेण्ट | नरेन्द्र पुर्जा | 61,000 |
| 8 | फेवा रेष्टुरेण्ट | 101,000 | |
| 9 | नेपाल पर्यटन बोर्ड | केपी सिटौला | 51,000 |
| 10 | नमस्ते रेष्टुरेण्ट | लक्षुमण बोगटी | 100,000 |
| 11 | अन्न पु्र्ण रेष्टुरेण्ट | 51,000 | |
| 12 | नमस्ते ईन सउल | बिपिन गुरुङ | 51,000 |
| 13 | यमुना रेष्टुरेण्ट | 50,000 | |
| 14 | ईन्टर्नेशनल मार्ट | 51,000 | |
| 15 | |||
| 16 | |||
| 17 | |||
| 18 | |||
Subscribe to:
Comments (Atom)








