Monday, December 21, 2009

थसेस कोरियाले २ जना बन्धूहरुको बिदाई

थकाली सेवा समिति दक्षिण कोरियाले कोषाध्यक्ष अनिल गौचन र साधारण सदस्य बिपिन सेरचन करिव ६ बर्ष कोरिया बसाई पश्चात स्वदेश फर्कन लागेकोले उहांहरुको बिशेस सम्मानका साथ बिदाई गरेको छ । थसेस दक्षिण कोरियाले हिजो आईतबार आयोजना गरेको बिशेस भेलाबाटै उहांहरुको बिदाई गरिएको हो । समयाभावको कारण बिदाईकै लागि औपचारिक रुपमा बिदाई कार्यक्रमको आयोजना गर्न नसकिएता पनि अनौपचारिक रुपमै उहांहरुलाई सम्मान गरिएको थियो । उहां दुबै जनालाई थसेस अध्यक्ष भक्त सेरचनले समाजको तर्फबाट प्रमाण पत्र र उपहार प्रदान गर्नु भएको थियो । अध्यक्ष लगायत बिशेस भेलामा उपस्थित सम्पूर्ण थकाली बन्धूहरुले उहांहरुको सफल यात्रा र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
त्यस्तै हिजोको भेलाले गत छुसक पर्वमा आयोजना गरेको थासाङ सांस्कृतिक कार्यक्रमको आम्दानी खर्च सम्बन्धि हिसाबको पहिलो चरण समाप्त गरेको छ । समयाभावका कारण सम्पूर्ण बिबरणको नतिजाले पुर्णता नपाए पनि आगामी केहि हप्ता भित्रै सम्पूर्ण बिबरण सार्बजनिक गर्ने निर्णय गरेको छ । भेलाले नेपाल अपांग संघलाई हस्तान्तरण गरिने आर्थिक सहयोगको बारेमा समेत छलफल गरेको थियो ।


No comments:

Post a Comment