Monday, October 5, 2009

थासाङ सांस्कृतिक सौगात भब्यताका साथ सम्पन्न ।

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक सौगात २००९ दक्षिण कोरियाको राजधानी सउल स्थितदोङकुक युनिभर्सिटीको हलमा भब्यताका साथ सम्पन्न भएको छ । गत अक्टुबर ३ तारिख शनिबारको दिन कोरियाको महान पर्व छुसकको दिन आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु-गायिका अन्जु पन्त,दोहोरी गायिका शिला आले, नृत्यकार रंजिता गुरुङ, लोक पप गायक राम चन्द्र काफ्ले, लोक दोहोरी गायक राजु परियार र हांस्य कलाकार जितु नेपालको बेजोड प्रस्तुति रहेको थियो ।
थकाली सेवा समितिका अध्यक्ष भक्त सेरचनको सभापतित्व र कोरिया स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत यादब खनाल प्रमुख अतिथि रहनु भएको पहिलो चरणको कार्यक्रममा छाबिय चिवकी संचालक ली ग्म ह्यन, नेपाल सम्पर्क समितिका अध्यक्ष देबित राई,नेपाली जनजाति महासंघ कोरियाका अध्यक्ष चङ कुमार गुरुङ र नेपाल अपाङग संघका अध्यक्ष कुशराज राई बिसेस अतिथि रहनु भएको थियो ।
नेपाली राजदुताबासका कार्यबाहक राजदूत यादब खनालले उद्घाटन गर्नु भएको थासाङ सांस्कृतिक सौगात २००९ को दोश्रो चरणलाई नेपाल कोरिया सांस्कृतिक मंचको लाखौ मुटुको एउटै छ मायां , करोडौ नेपालीको एउटै हो --- भन्ने राष्ट्रिय गीतबाट शुरु गरिएको थियो । क्रमश: नृत्यकार बैनीहरु द्दय जुना जुहारचन र सन्ध्या थकालीको क्या राम्रो स्याउ बारी मार्फा गांवैमा भन्ने बोलको गीतमा थकाली भेषभूषामा आधारित नृत्य प्रस्तुत गरिएको थियो । त्यस पश्चात जितु नेपालको हांस्य प्रहशनले दर्शकहरुलाई हसाउंन शुरु गरेको थियो भने आमन्त्रित कलाकारहरु अन्जु पन्त, शिला आले, राम चन्द्र काफ्ले र राजु परियारको उत्कृष्ट प्रस्तुतिले त दर्शकहरुलाई दर्शक दिर्घाबाटै नाच्न बाध्य बनायो । थासाङ सांस्कृतिक सौगातमा सहभागि हुने भनि प्रचार प्रसारमा ल्याईएकी नृत्यकार सम्झना बुढाथोकीको अनुपस्थितिले दर्शकहरुलाई केहि खल्लो अनुभव भएतापनि आयोजकको सबल ब्यबस्थापनले पूरापुर खल्लो हुन दिएन । किनकी किरात राई यायाख्वाको कार्यक्रममा नेपालबाट आएकी नृत्यकार रंजिता गुरुङलाई अतिथि कलाकारको रुपमा कार्यक्रममा उपस्थित बनाईएको थियो ।
यसपालिको छुसकमा आयोजित चार कार्यक्रम मध्य उत्कृष्ट ठहरिएको थासाङ सांस्कृतिक सौगातमा उपस्थित हजारौ दर्शकहरु सांझ ८ बजे सम्म रोमान्चित बाताबरणको सांगितिक माहोलमा रमेका थिए ।

















फोटो उपलब्ध गराईदिनु भएकोमा एसके नेपाल डट ओआरजीका संचालक उमेश बस्नेत ज्युलाई हार्दिक धन्यबाद ।

1 comment:

  1. "Congratulation" to Thasesa korea on his grand sucess.Hope its will happen again n again.

    ReplyDelete