Sunday, July 26, 2009

थसेस र तामाङ संघ बिच कलाकार अन्जु पन्तको बारेमा बिबाद ,शनिबार सांझ र आईतबार गरि २ चोटी बार्ता सम्पन्न,

यसपालिको छुसकमा कोरियाली भूमिमा आयोजना हुने सांस्कृतिक कार्यक्रमको रौनकले प्रतिस्प्रर्धात्मक रुप लिएपछि आफैमा बिबादित बन्दै आएको छ । छुसकको पहिलो दिन अक्टुबर २ तारिखमा नेपाल तामाङ संघ र किरात राई यायाख्वाले राजधानी सउलकै बिभिन्न दुईवटा हलमा कार्यक्रमको आयोजना गर्दै छन । अक्टुबर ३ तारिखको दिन थसेस सित जुधाउने भनिएको रुपन्देही सम्पर्क समितिले भने ५ महिना पछि कार्यक्रम गर्ने गरि थसेसलाई स्थान दिएर उदाहरणिय रुप प्रस्तुत गरेको छ । रुपन्देहीका प्रतिनिधि साथीहरुलाई पुन:एक पल्ट धन्यबाद नदिई रहन सकिन्न । जसको लागि जोडदार पहल गर्ने नेपाल सम्पर्क समितिलाई समेत ।हुन त बिगतमा समेत संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरु छिटपुट रुपमा नजुधेका भने होईनन् सहमतिमा आएको उदाहरणहरु पनि मनग्य छन । तर, एक जना कलाकार लिएर बिबादमा आएको भने सम्भवत: पहिलो हुनु पर्दछ यो । कुरा, थसेसको कार्यक्रममा आउनको लागि निश्चित भएकी रिमिक्स गायिका अन्जु पन्तको हो । काठमाडौ स्थित थसेसका प्रतिनिधि मार्फत गायिका अन्जु पन्तलाई थसेसको कार्यक्रममा सहभागि बनाउन करिव २ महिना अगाडी अर्थात मे महिनाको पहिलो हप्ता तिरै पेश्की स्वरुपको रकम हस्तान्तरण गरिएको थियो । र काठमाडौ स्थित थसेसका प्रतिनिधिकोभनाई अनुसार नै थसेस कोरिया ब्लग लगायत संसारका चर्चित अनलाईन समाचारहरु मार्फत प्रचार प्रसारमा ल्याईयो । तर अकस्मात करिव २ महिना पश्चात गत हप्तातामाङ संघले गायिका अन्जु पन्त सहितको कलाकार लिष्ट समाचार माध्यमहरु मार्फत प्रकाशित गरेपछि बिबादको शुत्रपात भयो । जसले थसेसको ध्यानाकर्षण गराएपछि तुरुन्त तामाङ संघका पदाधिकारीहरुलाई बार्तामा बोलाईयो । बार्ता २५ गते शनिबार सांझ र आईतबार गरि २ पटक सम्पन्नभईसकेको छ । तर बार्ता भने निश्कर्ष बिहिन टुङ्गिएको छ । २ चोटीको बार्तामा तामाङ संघको भनाई अनुसार तीन महिना अगाडी देखि नै गायिका अन्जु पन्तले तामाङ संघलाई कार्यक्रममा आउने बचन दिएको तर पेश्की स्वरुपको रकम भने नदिएको रे ! त्यसो भन्दैमा तामाङ संघको भनाईको बिश्वास कुन आधारमा गर्ने ? के अर्को संस्थाले ल्याउन ठिक पारिएको कलाकारलाई नाम लिष्ट निकालेकै भरमा आफ्नो कार्यक्रममा समाबेश गर्न सकिएला ? बिबाद सजिलै टुङगिने सम्भावना छैन ।

No comments:

Post a Comment