Thursday, March 26, 2009

यसरी भयो तोरन्ल्हको तयारी र समापन

हुन त बिगत बर्षहरुमा थसेस दक्षिण कोरियाले तोरन्ल्ह पर्व मनाउंदै आएको थियो । तर आन्तरिक रुपले । कोरियामा कार्यरत थकाली बन्धूहरुको उपस्थितिमा ।साधारण कार्यक्रमहरुको साथ खिमी झोजि (पितृ पूजा) लगायत बन्धूहरु बिच सुख दुख साटासाट गर्ने र साधारण रमझममै अन्त हुन्थ्यो,बिगतका तोरन्ल्ह पर्वहरु । तर थसेस कोरियाले यसपालि छुट्टै खाले कार्यक्रम गर्न सफल भयो । त्यो पनि कोरियाली भूमिमै सम्भवत:प्रथम पटक र बिल्कुल नौलो । थसेस अध्यक्ष भक्त सेरचन ज्युको प्रस्तावलाई शतप्रतिशत समर्थन दियो थसेस कार्यकारिणी समितिले । जसले थकाली जातिकोसंस्कृति प्रति धेरथोर परिचित होउन् कोरियाली भूमिमा कार्यरत प्रवासीहरु पनि । कार्यक्रम स्थल र कार्यक्रमको रुपरेखा अनुरुप थकाली बन्धूहरु कार्यक्रमकोतयारीमा जुटे । कोरियाली भूमिमा सक्रिय संघसंस्था , ब्यबसायी लगायत चिने जानेका प्रवासी मित्रहरुलाई पत्राचार गरियो । तोरन्ल्हको तयारी स्वरुप एक आईतबार दिनभर झिनियां रोटी बनाईयो । शनिबार सांझ सउल एरियाका थकाली बन्धूहरुको उपस्थितिले आईतबारको कार्यक्रमकोबिशेष तयारी गर्यो । केहि उत्साहित बन्धूहरुले आईतबार बिहान ७ बजेबाट नै त्हुङ बनाउन शुरु गरे । पूजा रेष्टुरेण्टमा ११ बजे नै उपस्थित भयो अध्यक्ष लगायत केहि बन्धूहरुको । दिउंसो १ बजे सम्म प्राय: सबै बन्धूहरुको उपस्थिति भई सकेको थियो । दिउंसो करिव २ बजे देखि गेष्टहरुको आगमन सुरु भयो । ३ बजेदेखि अौपचारिक रुपमा कार्यक्रमको शुरुवाट भयो । प्रथम चरणको कार्यक्रम अन्तर्गत पूजाआजा र मन्तब्य पांच बजे सम्म चल्यो । दोश्रो चरणमा हल्काड्रीङ्कस सहितको डिनर पश्चात करिब सांझ ७ बजे तोरन्ल्ह पर्वको उपलक्ष्यमा आयोजित दिवा भोज कार्यक्रमको अन्त भयो ।

No comments:

Post a Comment