Monday, March 23, 2009

थकाली जातिको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा आयोजित दिवा भोज भब्यताका साथ सम्पन्न

थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा थकाली जातिको महान् पर्व तोरन्ल्ह (फागुपूर्णिमा) २००९ को उपलक्ष्यमा आयोजित दिवा भोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । गत मार्च २२ तारिख आईतबारको दिन सउल तोङदेमुन स्थित पूजा रेष्टुरेण्ट २ मा आयोजित उक्त दिवा भोज कार्यक्रमको सभापतित्व थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष भक्त सेरचनले गर्नु भएको थियो भने कोरियामा रहेका सबै नेपालीहरुको आमा भनेर चिनिने छाबिय चिबका आमा ली गुम ह्यन को प्रमुख आतिथ्य रहेको थियो ।त्यस्तै नेपालीहरुको छाता संस्था नेपाल सम्पर्क समितिका अध्यक्ष डेबित राई र नेपाल जनजाति महासंघ दक्षिणकोरियाका अध्यक्ष चङ कुमार गुरुङ बिशेष अतिथिको रुपमा रहनु भएको थियो । ।परिस्थिति वश करिव दुई हप्ताढिलो गरि मनाईएको तोरन्ल्ह पर्व र तोरन्ल्हको उपलक्ष्यमा आयोजित दिवा भोज कार्यक्रमलाई प्रमुख अतिथि छाबिय चिबका आमा ली गुम ह्यनले पानसमा बत्ती बाली उद्घाटन गर्नु भएपछि थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष भक्त सेरचनले खिमी झोजी (पितृ पूजा)गर्नु भएको थियो । नेपाली राष्ट्रिय गानको म्युजिक बजाएर सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि ई गुम ह्यनले थकाली जातिको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्दै बिदेशमा रहेर पनि आफ्नो संस्कृतिको जगेर्ना गर्न लागि पर्ने थकाली सेवा समिति दक्षिण कोरियाको यस प्रयासको सराहना गर्नु भएको थियो त्यस्तै नेपाल सम्पर्क समितिका अध्यक्ष देबित राईले थकाली सेवा समितिले आयोजना गरेको यस तोरन्ल्ह पर्वले थकाली जातिहरुको संस्कृति चिनाउन थप मद्दत पुग्ने र यस्ता खाले कार्यक्रमहरुलाई निरन्तरता दिंदै जानु पर्ने कुराब्यक्त गर्नु भएको थियो भने जनजाति महासंघका अध्यक्ष चङ कुमार गुरुङले थकाली जातिको बारेमा प्रकाश पार्नु भएको थियो । उहांले थकाली जातिकोपरिचय दिने क्रममा उपस्थित थुप्रै थकाली बन्धूहरु प्रति शंकेत गर्दै बदो भाबुकताका साथ स्वर्गिय भूपि सेरचन र बिश्व कै बृद्द तथा साहसी सफल पर्वतारोही मिन बहादुरसेरचनका सन्तानहरु भन्न पछि पर्नु भएन । कार्यक्रममा नेवा: पुचका संयोजक नबिन बज्राचार्य,किरात राई परिवारका अध्यक्ष जेबी राईले समेत मन्तब्यराख्नु भएको थियो । कोरियाली भूमिमा सक्रिय करिब ३० संघ संस्थाहरुका प्रतिनिधि,बुद्दिजिवी,ब्यबसायी,पत्रकार, प्रवासी साथी भाई ,थकाली बन्धूहरु गरिकरिब १०० जना जतिको उपस्थिति रहेको दिवा भोज कार्यक्रमको पहिलो चरणमा उपस्थित महानुभावहरुलाई स्पेशल नुन चिया, त्हुङ ( खशीको आन्द्रामा फापरको पिठो भरेर बनाईने एक प्रकारको थकाली परिकार) ,झिनिया र सेल रोटीले स्वागत गरि सभाका सभापति तथा थसेस अध्यक्ष भक्त सेरचनबाट पहिलो चरणको कार्यक्रम समापन भए पश्चात दोश्रो चरणमा हल्का अलकोहल सहितको थकाली खानाको स्वाद चखाईएको थियो । दिवा भोजको ब्यबस्थापन थसेस सल्लाहकार तथा पूजा रेष्टुरेण्टका संचालक दिनेश हिराचनको रहेको उक्त कार्यक्रममाथकाली सेवा समिति दक्षिण कोरियाका सल्लाहकार बिनोद थकालीले तोरन्ल्हको बारेमा प्रकाश पार्दै २ वटा थकाली गीत समेत गाउनु भएको थियो । कार्यक्रम थसेस उपाध्यक्ष अनोज सेरचनको स्वागत मन्तब्य र सचिव भरत तुलाचनको संचालन रहेको थियो थप तस्बिरहरु

No comments:

Post a Comment